लमहीमा मूल्यवृद्धिको विरोधमा विप्लवको समूहको मसाल जुलुस



शिवु खनाल । देउखुरी ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा लमहीमा नेपाल कम्युनिस्ट पार्टी विप्लवको समुहले मसाल जुलुससहितको प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीको मुख्य चोकमा मसाल जुलुस सहितको विरोध प्रदर्शन गरेको हो ।

मूल्यवृद्धि विरुद्धको प्रदर्शनीको क्रममा विप्लव समुहले प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको ढाड सेक्ने काम गरेको भन्दै गठबन्धनको सरकार चालेको आफ्नो कदम तत्कालै फिर्ता नलिए पुनः कडा रूपमा प्रस्तुत हुने गरि सडकमा उत्रिने बताएका छन् ।

करिब २५ जना विप्लव समुहले हातमा मसाल जुलुस बोकेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा सडकमा प्रदर्शन सहित उत्रिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २६ गते शुक्रबार