16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

नेपाल प्रहरीका डिएसपी तिमल्सिनाको उपचारका क्रममा निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २६, २०७८  

काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमल्सिनाको निधन भएको छ। तिमल्सिनाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा निधन भएको हो।

अस्पताल स्रोतका अनुसार निमोनियाबाट ग्रसित तिमल्सिनाको शुक्रबार बिहान ५ बजे उपचारको क्रममा निधन भएको हो।

४३ वर्षीय तिमल्सिनालाई केही दिनअघि मात्रै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। पछिल्लो समय तिमल्सिना इलाका प्रहरी कार्यालय कन्चपुर, सप्तरीमा कार्यरत थिए।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २६, २०७८     9:17:23 AM  |