युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे पत्रकार



रूकुम पूर्व ।

बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो।

नाथ पत्रकार हुन्। उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन। नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार