कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।
लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्याको बिरोधमा स्थानीयले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मंगलवार राती दुई समूह बीच झडप हुँदा बडुवालमाथी चक्कु प्रहार भएको थियो । पुरानो रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्