कोहलपुरबाट भ्रमणको टोलि लिएर सौराहा जाँदै गरेको बस चितवनमा दुर्घटना, उद्दार कार्य चल्दै



कोहलपुर ।

बाँकेको कोहलपुरबाट अवलोकन भ्रमणमा गएकाहरुलाई लिएर गएको बस चितवनमा दुर्घटनामा परेको छ । कोहलपुरमा रहेको मगर समाजका सदस्यहरु तिहारमा देउसी भैलो खेलेर अवलोकन भ्रमणमा गएका थिए ।

उक्त बस आज बिहान नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे २ ख २८३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ । प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्। यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार