16 July 2024  |   मङ्लबार, साउन १, २०८१

कोहलपुरको हवल्दारपुरमा कारको ठक्करबाट युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८  

कोहलपुर ।

नेपालगन्ज–कोहलपुर सडक खण्डको हवल्दारपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुर– १४ हवल्दारमा आइतबार राती कारको ठक्करबाट एक पैदलयात्रु युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कारको ठक्करबाट स्थानीय ३२ वर्षीय विनोद अधिकारीको दुर्घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको कारले अधिकारीलाई सडक पार गर्ने बेला ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको बा ०१–०२५ च ८८३९ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले राप्तीसोनारी गाउँपालिका– २ को हरहरीपुरबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८     2:37:23 PM  |