ह्वाट्सएप एकैपटक ४ वटासम्म डिभाइसमा चलाउन सकिने



काठमाडौं ।

ह्वाट्सएपले मल्टी डिभाइस सपोर्टलाई विस्तार गर्दै लगेको छ। प्रयोगकर्ताहरुलाई आफ्नो ह्वाट्स एप अकाउन्ट सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा एन्ड्रोइड र आइओएस दुवैमा कम्पनीले उपलब्ध गराउन थालेको छ।

प्रयोगकर्ताहरुले अधिकतम चारवटा डिभाइसमा ह्वाट्स एप फोनमा कनेक्ट गरी बिना इन्टरनेट मेसेज आदानप्रदान गर्न सक्ने छन्। पछिल्लो अपडेटले डेक्सटप वा म्याक प्रयोगकर्ताहरुलाई सहज हुने अपेक्षा कम्पनीको छ।

पहिलोपटक जुलाईमा ह्वाट्सएपले सार्वजनिक गरेको यो फिचर विभिन्न चरणको परीक्षण पनि सार्वजनिक भएको हो। सेकेन्डरी डिभाइसबाट ह्वाट्स एप चलाउँदा पनि इन्ड(टू(इन्ड इन्क्रिप्सन हुने भएकाले ह्वाट्स एपसँगै तेस्रो पक्षले प्रयोगकर्ताहरुले पठाउने र पाउने मेसेज पढ्न नसक्ने दाबी कम्पनीको छ।

आफूसँग फोन नहुँदा वा ब्याट्री सकिएपनि प्रयोगकर्ताहरुले ह्वाट्स एप प्रयोग गर्न सक्ने छन्।

कसरी लिंक गर्ने ह्वाट्स एपलाई सेकेन्डरी डिभाइससँग

ह्वाट्स एपको मल्टी डिभाइस सपोर्ट चलाउनु अघि यसको पछिल्लो भर्सन अपडेट गर्नुपर्ने हुन्छ। यो फिचर बेटा भर्सनमा भएकाले केही समस्या आउनसक्ने कम्पनीले जनाएको छ।

यो सुविधा ह्वाट्एप वेब, डेक्स्टप र पोर्टलमा उपलब्ध छ। यो भनेको ह्वाट्स एपले अहिलेसम्म एन्ड्रोइड वा आइफोनलाई सेकेन्डरी डिभाइस मानेको छैन। यसका साथै एन्ड्रोइड ट्याबलेट वा आइप्याडलाई पनि ह्वाट्स एपले सेकेन्डरी डिभाइस मानेको छैन।

सुरुमा वेबमा ह्वाट्स एप खोल्ने, वेब ह्वाट्स एपले सिर्जना गर्ने क्यूआर कोडलाई मोबाइलको ह्वाट्स एप खोलेर स्क्यान गर्ने, फोनले उक्त क्यूआर स्क्यान गरेपछि डिभाइस लगइन कोड डिटेक्ट गर्छ।

त्यसपछि ह्वाट्स एप अर्को डिभाइसमा प्रयोग गर्न ुलिंक अ डिभाइसु मा क्लिक गर्ने। त्यसपछि पुनस् क्यूआर कोड स्क्यान गरेपछि वेबमा ह्वाट्स सिंक हुने कम्पनीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २१ गते आइतबार