दाङ ।
दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो ।
घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्