16 July 2024  |   मङ्लबार, साउन १, २०८१

भाइटीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर २ मिनेटमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७८  

नेपालगञ्ज ।

यस बर्षको भाइटीकाको उत्तम साइत कात्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनुपर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिको भनाई छ ।

शास्त्र अनुसार मनुष्यको पूजा मध्यान्हकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजेभित्रै भाइटीका लगाउनुपर्ने समितिको सुझाब छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालीको तिहार कात्तिक १७ गतेदेखि सुरु भएको थियो । यसपाली तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो ।

भाइटीकाका लागि टाढाका दिदी बहिनीहरु दाजु भाइको घरमा पुग्न थालेका छन् भने नजिककाहरु शनिवारनै पुग्ने छन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १९, २०७८     12:30:05 PM  |