18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८  

 डडेल्धुरा ।

मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको मृत्यु भएको छ।

दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले  के आईसिंह राजमार्गमा ठक्कर दिँदा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बुधबार घाइते भएकी उनलाई थप उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ठक्कर दिने चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८     2:59:54 PM  |