लक्ष्मी पूजाको दिन सुनको मूल्य घट्यो, चाँदीको स्थिर



काठमाडौ ।

बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनको कारोबार मूल्यका आधारमा सुनको मूल्य तोलामा ५ सयले घटेर ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावल सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजाबी सुन मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १८ गते बिहीबार