23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

तुलसीपुरको जुवाखालमा पक्राउ परेका कांग्रेस र एमालेका नेता रिहा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८  

कोहलपुर ।

दाङको तुलसीपुरमा पक्राउ परेका जुवाडेहरू पनि छुटेका छन् । चार दिन म्याद थप गरिएको बताएको प्रहरीले हिजै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएर २५ हजारका दरले २ लाख धरौटी बुझाएर जमानतमा छाड्न प्रहरीले आदेश गरेपछि उनीहरू सबै छुटेका हुन् ।

शुक्रबार तुलसीपुरको एक खाली घरमा कौडा खेलिरहेका एमालेका नेता मानबहादुर रावत, कांग्रेसका केही नेतासहित ८ जना पक्राउ परेका थिए ।

एमाले क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य रावतसँगै कांग्रेसका नेता सुरेन्द्र हमाल, दीपेन्द्र गिरी ९दिपु० सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरु तुलसीपुर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा जुवा खेलिरहेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूलाई तीन दिनमै छाडेको छ । तर, जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले आफूलाई यस बारेमा थाहा नभएको बताएका छन् ।

 

प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८     2:31:43 PM  |