18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

कोहलपुरमा टीभीएस रेडर मोटरसाइकल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८  

कोहलपुर ।

टीभीएस रेडर मोटरसाइकलको बिक्रिवितरण बाँकेको कोहलपुरबाट समेत सुरु भएको छ । कोहलपुरको लागि टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्सले नयाँ मोडेल टीभीएस रेडर मोटरसाइकलको बिक्रि सुरु गरेको हो ।

टीभीएस मोटर कम्पनीको १२५ सीसीको नयाँ ‘टीभीएस रेडर’ को नेपालमा सोमबार मात्र सार्वजनिक गरिएको थियो । सोमबारदेखि नै कोहलपुरमा समेत ‘टीभीएस रेडर’ को बिक्रिवितरण सुरु गरिएको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्स कोहलपुरले जनाएको छ ।

नेपाली युवाहरुलाई लक्षित गरी नयाँ टीभीएस रेडर ल्याइएको बताइएको छ ।

‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौं’ टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले भने, ‘हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १२५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौं ।’

नेपाली बजार कम्पनीका लागि विशेष प्राथमिकतामा रहेको उनले बताए । नेपाली युवाहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउने उनको भनाइ रहेको थियो । टीभीएस मोटरका श्रेणीकै उत्कृष्ट पछिल्ला प्रस्तुतिहरुका लागि झैँ टीभीएस रेडरका लागि पनि नेपाली उपभोक्ताहरु मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको छ । टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६ हजार ५ सय आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । यो मोटरसाईकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रतिघण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     10:25:36 AM  |