25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

२ लाख रकमसहित बर्दियामा ९ जुवाडे पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८  

बर्दिया ।

बर्दियामा करिब २ लाख रकमसहित ९ जना जुवाडे पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ७ गुलरियागाउँस्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको सूचनाको आधारमा घरधनीसहित ९ जनालाई पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट एक लाख अन्ठानब्बे हजार पाँच सय नगद र तास बरामद गरिएको बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रमेश यादव, रतिराम चौधरी, श्यामु यादव, गुमानबहादुर मल्ल, तेजकुमार चौधरी, सुरेश वली, टेकेन्द्र साउद, नारायण क्षेत्री र पदमबहादुर सुनार छन् ।

जुवासम्बन्धी कसुरमा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १६, २०७८     11:17:28 AM  |