20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १५, २०७८  

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएसँगै काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्री शाहीले सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको हो ।

कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताए । ‘हामीबीच भद्र सहमतिअनुसार उहाँले राजीनामा दिनुभएको छ,’ उनले भने । अब छिट्टै नयाँ सरकार बन्ने बनाइएको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १५, २०७८     9:37:42 PM  |