25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरमा यामाहाको ‘एफजेड भि थ्री एक्स’ मोटरसाईकल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १५, २०७८  

कोहलपुर ।

नेपालको लागि यामाहा मोटरसाईकलको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज ‘एफजेड भि थ्री एक्स’ मोडलको नयाँ मोटरसाईकल लन्च गरिएको छ । कोहलपुरका लागि यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता श्रेष्ठ टे«डले समेत सोमबार एक कार्यक्रमकाबीच पश्चिम क्षेत्रमा नयाँ मोटरसाईकल लन्च गरेको थियो ।

प्रविधिमैत्री तथा स्तरीय मोटरसाईकल ‘एफजेड भि थ्री एक्स’को कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल लगायतले लन्च गरेका हुन् । ‘एफजेड भि थ्री एक्स’ मोटरसाईकलको लन्च गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले यामाहाले कोहलपुर क्षेत्रमा व्यापार मात्रै नभइ गुणस्तरीय सेवा समेत प्रदान गरिरहेको बताएका थिए ।

‘भर्खरै नेपालमा लन्च भएको र कोहलपुरमा समेत सार्वजनिक गरिएको नयाँ मोडलको मोटरसाईकल स्मार्ट रहेको छ’ उनले भने । यस्ता प्रकारका सवारी साधनले उपभोक्तालाई लगानी सुरक्षित राख्न समेत भूमिका खेल्ने उनको भनाइ थियो । ‘कोहलपुर नगरपालिकालाई स्मार्ट बनाउने नीति लिइएको छ । यहाँ नयाँ–नयाँ सेवा सुविधा समेत थपिदैछन् ।

सहरीकरण बढेसँगै यहाँको जनजीवन समेत बदलिदो र सुविधायुक्त हुँदैछ । यो एड्भान्स ग्राहकका लागि उपयुक्त हुनसक्छ’ अध्यक्ष पौडेलले भने । विश्व बजारका नयाँ उत्पादन नेपालमा लन्च हुन वित्तिकै बाँकेसहित पश्चिम क्षेत्रमा पुग्नुपनि खुसीको कुरा भएको उनको भनाइ रहेको थियो । एमएडब्ल्यु इन्टरप्राइजेजका प्रतिनिधि दिनेश केसीले ‘एफजेड भि थ्री एक्स’ मोटरसाईकल प्रविधिमैत्री हुनुका साथै विविधतायुक्त समेत रहेको छ । यसका धेरै विशेषता रहेको केसीले बताए । ‘यो मोटरसाईकल चलाउनको लागि एप्सको प्रयोग गर्नुपर्छ ।

एप्सले गाडी कहाँ सम्म पुग्यो, कस्तो लोकेसनमा गुडिरहेको छ । यो सञ्चालनको लागि कति भोल्टेज आवश्यकता हो । समग्रमा यसको सफरको सम्पूर्ण हिष्ट्री थाहा पाउन सकिन्छ’ उनले भने ।

भर्खरै लन्च भएको मोटरसाईकलको बिक्रिवितरण समेत कोहलपुरमा सुरु भइसकेको श्रेष्ठ टे«ड हबका सञ्चालक प्रसन्न श्रेष्ठले जानकारी दिए । सो अवसरमा सोमबार कोहलपुर क्षेत्रमा मोटरसाईकल ¥याली समेत निकालिएको थियो । ¥याली यामाहा स्वरुम हुँदै न्यूरोड, दशविगाहा, चौराहा हुँदै त्रिभूवन मावि भएर पुनः स्वरुम मै आएर सकिएको थियो ।

यस्ता छन् सुविधा

एक्सकनेक्ट फिचरसहित उपलब्ध यो मोटरसाईकलमार्फत अब विभिन्न फिचर प्रयोग गर्न सकिन्छ । यामाहा एक्सकनेक्ट एप प्रयोग गरी पार्किङ लोकेसन, राइडिङ हिस्ट्री आदि हेर्न सकिन्छ । यसमा थ्रीडी स्टिकर समेत रहेको छ । सुरक्षाको हिसाबले यो मोटरसाईकल निकै नै महत्वपूर्ण छ । यसमा भएको डिफल्ट कोडलाई अनलक गरेर मात्र मोटरसाईकल स्टार्ट गर्न सकिन्छ ।

विभिन्न ५ कलर अप्सन मध्ये अन्य कलरयुक्त मोटरसाईकलको मूल्य ३ लाख ७९ हजार ९ सय र डार्क नाइट कलरयुक्त मोटरसाईकलको मूल्य ३ लाख ८४ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाईकलमा १४९ सीसीको एयरकुल्ड फोर स्ट्रोक, एसओएचसी इन्जिन जडान गरिएको छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ ।

सिंगल च्यानल एबीएस रहेको यो मोटरसाईकलमा १३ लिटरको इन्धन ट्यांकी रहेको छ । त्यसैगरी यामाहाको बीएस ६ इन्जिनयुक्त आर १५ भी ३ मा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन उपलब्ध छ । त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।

स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाईकलमा रहेको छ । यो मोटरसाईकलको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा उपलब्ध बीएस ४ आर १५ भी ३ को तुलनामा यसको मूल्य ४ हजार रुपैयाँ मात्र बढी छ । यो ग्रे, रेड र रेसिङ ब्लु गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १५, २०७८     9:07:38 PM  |