तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु



दाङ।

दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुघरासमा भएको स्कुटर दुर्घटनामा स्थानीय मधुसुदन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार