बाँकेमा बाल यौन दुरुपयोग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको खजुरा गाउँपालिका– ३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलिले पक्राउ गरेको हो ।
उनीलाई बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले २०७६ मंसिर ३ गते ५ महिना ६ दिन कैद तोकेको थियो ।
पक्राउ परेका विश्वकर्मालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्