बाँकेको खजुराबाट प्रहरीले जुवा खेलेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका– २ ‘ए’ गाउँ नजिक नर्सरीमा जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहारी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले केही नगद र केही गड्डी ताससहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका– ३ बस्ने २८ वर्षीय असोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुको साथबाट ६० हजार ५०० सय नगद र १८ गड्डी तास समेत बरामद भएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्