नेपाली कांग्रेस निकट नेपाल निजामती यूनियन बाँसगढी बर्दियाको अध्यक्षमा सरोज पौडेल चयन भएका छन् ।
शनिबार सम्पन्न यूनियन बाँसगढी नगरपालिकाको प्रथम नगर अधिवेशनबाट पौडेलको अध्यक्षतामा १३ सदस्सीय नगर कमिटी सर्वसम्मत रुपमा चयन भएको हो । जसको उपाध्यक्षमा महेश थारु, सचिवमा हर्क बहादुर घर्ती र कोषाध्यक्षमा दुर्गा चौधरी रहेका छन् ।
त्यसैगरी सदस्यमा हरिहर तिवारी, शंकर विक, पदम बहादुर खत्री, कलिराम थारु, जानकी गिरी, सागर थारु लगायत सर्वसम्मत चयन भए ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेस बाँसगढीका सचिव एकनारायण अधिकारीले स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा उत्साहका साथ काम गर्ने बातावरण नभएको बताए ।
‘स्थानीय सरकारका प्रमुखको अहंकार धम्काउने शैलीले कर्मचारीहरुमा उत्साहका साथ काम गर्ने अवस्था देखिदैन’ उनले भने, ‘अझै पनि यस्तै अवस्था रहे कांग्रेस चुप बस्दैन ।
पालिकाका कर्मचारीहरु उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रही मुस्कानसहित छिटो छरितो जनताको सेवामा समर्पित हुनुहोस् ।’ कार्यक्रममा नेपाल निजामती यूनियन बर्दियाका उपाध्यक्ष दिपकराज थापा, सचिव राजेन्द्र प्रसाद सुवेदी लगायतले बोलेका थिए ।










प्रतिक्रिया दिनुहोस्