कोहलपुर : बाँकेका तीन विद्यालयमा एकैपटक १० औँ अन्तराष्ट्रिय बालिका दिवस मनाइएको छ । कोहलपुरमा रहेका कृष्ण मावि, जनज्ञानज्योति र बैजनाथ–१ चिसापानीमा रहेको सुर्योदय माविमा विभिन्न प्रतियोगिता गरी दिवस मलाइएको हो । शुक्रबार कोहलपुर–१ स्थित कृष्ण माविको आयोजनामा बक्तृत्वकला, चित्रकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको गरिएको हो ।
दिवसको अवसरमा भएको बक्तृत्वकला प्रतियोगितामा अन्जली खड्का प्रथम, विनिता खत्री द्धितीय,अध्ययनरत अनिशा न्यौपाने तृतीय र अमृत शाही सान्त्वना भएका थिए ।

प्रतियोसिगतामा ७ छात्रा र ४ छात्रको सहभागिता रहेको थियो । यस्तै कक्षा ३ देखि ५ सम्मका ३६ जना विद्यार्थीहरुकाको सहभागितामा सम्पन्न चित्रकला प्रतियोगितामा अविशेक गुरुङ प्रथम, सपना कार्की द्धितीया, ललिता महरा तृतीय र प्रकाश वि.क. सान्त्वना भएका हुन् ।
यस्तै विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सपना विसी,सीता आचार्य र सुमल ओलीको टोली प्रथम, सदिक्षा वली, पवन बुढा र सन्देश बुढाको टोली द्धितीया र यशोदा शाही,सुमित थारु र संगम रोकामगर तृतीया भएका छन् ।
यस्तै जनज्ञाज्योति माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा कञ्चनसङघा सदन प्रथम, माछापुच्छे सदन द्धितीय र अन्नपूर्ण सदन तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
चित्रकला प्रतियोगितामा समगरमाथा सदनका रविन खत्री,कञ्जनसङघा सदनका तीर्थ राना द्धितीय र जानकी सुनार तृतीय भएका छन् ।
यस्तै बेलुन फुटाइ कार्यक्रममा अन्नपूर्ण सदन सुदान राना प्रथम, सगरमाथा सदनका पुस्कर वि.क द्धितीय र माछापुच्छे सदनका समृता सुनार तृतीय भए ।
यस्तै तातो आलू प्रतियोगितामा बसन्त कठायत प्रथम, चित्र कठायत द्धितीय, र सरिता सुनार तृतीय तथा गणित दौडमा राजकुमार परियार प्रथम, तिर्सना आचार्य द्धितीय र विपशिका मिजार तृतीय भएका छन् ।
यस्तै सुर्योदय माविमा समेत विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए । प्रतियोगिताको लागि आर्थिक सहयोग रुम टु रिड÷ पढ्नको लागि कोठा रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्