1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

एमाले राप्ती सोनारी कमिटीको शपथ ग्रहण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १२, २०७८  

कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) राप्तीसोनारी गाउँपालिका कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका– ३ मा पालिका कमिटीका अध्यक्ष मनोज केसीसहित नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाई, संविधान सभा सदस्य तथा एमालेका सल्लाहाकार समिति सदस्य देवराज भार, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य सूर्य ढकाल, एमाले बाँकेका सचिव रत्न खत्री लगाएतका नेताहरुको उपस्थितमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

मंगलबार सम्पन्न प्रथम ऐतिहासिक पालिका अधिवेशनले केसीको नेतृत्वमा ४५ सदस्यीय समिति चयन गरेको थियो । जसको उपाध्यक्षमा मदन ओली, सचिव सुधा चौधरी, उप–सचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेत रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १२, २०७८     5:40:57 PM  |