कोहलपुर ।
नेकपा एमाले कोहलपुर नगर कमिटीको नयाँ नेतृत्व चयनका क्रममा विवाद हुँदा कुर्सी तोडफोड भएको छ । कोहलपुर स्थित शितभण्डारको सभाहलमा भइरहेको कार्यक्रममा केही बेरअघि नयाँ नेतृत्व घोषणा भएपछि असन्तुष्ट समूहले कुर्सी तोडफोड गरेको हो ।
नेतृत्वमा आउन युवालाई रोकेको भन्दै खासगरी विद्यार्थीहरुले नाराबाजी गर्दै हलमा रहेका कुर्सीहरु तोडफोड गरेका थिए । असन्तुष्ट पक्षले तोडफोड गर्दा केही कुर्सीहरु भाँचिएको बताइएको छ ।
अहिले कार्यक्रम स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले कार्यक्रम स्थललाई सुरक्षाकर्मीहरुले घेरेका राखेका छन् । मंगलबार सुरु भएको एमाले कोहलपुरको प्रथम अधिवेशन नेतृत्वमा चयनमा विवाद हुँदा आजसम्म आइपुगेको थियो ।
आज नै अधिवेशनबाट खिल प्रसाद भुसालको अध्यक्षमा नयाँ कोहलपुर नगर कमिटी घोषणा गरिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्