जुवा खालमा कोहलपुर प्रहरीको छापाः साढे ३ लाख रुपैयाँसहित ७ जना पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरको पिपिरीबाट प्रहरीले साढे तीन लाख रकमसहित जुवाडेहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलिले जुवा खालमा छापा मारेर रकमसहित ७ जना जुवाडेलाई पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका– ८ पिपिरीमा जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले जुवाको खालबाट नै नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

पछिल्लो एक महिनामा मात्र कोहलपुर प्रहरीले तीनवटा जुवा खालमा छापा मारेर जुवाडेहरुलाई मुद्दा चलाइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ९ गते मंगलबार