सल्यानमा जिप दुर्घटना, ६ घाइते



सल्यान

सल्यानबाट दाङ आउँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनाका घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ३५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेर सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १४ वर्षीय आयुस बस्नेत, सोही ठाउँका २२ वर्षीय मनोज बस्नेत , बागरचौर नगरपालिपका २ का २७ वर्षीया सीता ओली, सोही ठाउँकी २८ वर्षीया बबिता रावल र उनको छोरी ११ वर्षीया एसिका रैले घाइते भएका छन् ।

सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जिप सडकबाट तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

राप्ती राजमार्ग अन्तर्गत आइतबार बिहान सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा उक्त जिप दुर्घटना भएको थियो ।

दुर्घटनाको कारण खुल्न नसकेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार