माओवादी कार्यकर्ताले भने, आफूलाई झुक्याएर एमालेको वडाध्यक्ष बनायो



काठमाडौं ।

शनिवार भएको एमालेको वडा अधिवेशनमा आफूलाई झुक्याएर वडाध्यक्षमा मनोनयन गरेको भन्दै एक माओवादी कार्यकर्ताले आपत्ति प्रकट गरेका छन्।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ का रुद्र सापकोटालाई सिन्धु एमालले वडाध्यक्षमा चयन गरेको थियो।

वडा ४ को वडाध्यक्षमा चयन गरेपछि सापकोटाले एव विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर वडाअध्यक्ष बनाएको आरोप लगाएका छन्। उनले आफूले हालै नवीकरण गरेको माओवादीको सदस्यतासमेत सार्वजनिक गरेका छन्।

‘तपाईसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।

साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नै नवीरकर गरिसकेकोले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार