नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) कोहलपुर नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा पहलमान खड्का निर्विरोध चयन भएका छन् । शनिबार भएको प्रथम ऐतिहासिक अधिवेशनबाट खड्काको नेतृत्वमा ३१ सदस्सीय वडा कमिटी चयन गरिएको हो ।
अधिवेशनमा एमाले सल्लाहाकार सदस्य देवराज भार, वडा अधिवेशन संयोजक सुर्य रोकाय, वडा अधिवेशन सदस्य भगवती बराल, रेशम खत्री, तिल बहादुर खत्री, भिम नेपाली, अमृत आचार्य, दिपेन्द्र श्रेष्ठ, हरी नेपाली लगायतको उपस्थिती रहेको थियो । जसको उपाध्यक्षमा अम्मर नेपाली, सचिवमा नविन रावत, उप–सचिवमा पूर्ण प्रसाद पौडेल र दुर्गा बुढाथोकी राना रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा कल सिंङ ओली, डिला तिवारी, शारदा कुमार श्रेष्ठ, बलबहादुर खत्री लगायत रहेको वडा अधिवेशन संयोजक रोकायले जानकारी दिए । वडा कमिटीमा ३३ प्रतिशत महिलाहरु रहेका छन् ।
नगर अधिवेशनको लागि ९१ जना प्रतिनिधीहरु शनिबार नै छनौट गरिएको छ । जसमा दलित महिला २०, जनजाती महिला ९ अन्य महिला २८ अपाङ पुरुष १, अन्य पुरुष १७, मधेशी पुरुष २, दलित पुरुष ८ र जनजाती पुरुष ६ जना रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्