जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । लागु औषध र बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरिएको बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१४ हवलदारपुरका ३२ वर्षीय राजकुमार चिडिमार र कोहलपुर नगरपालिका–१३ सिमरीका ३७ वर्षीय छविलाल रासकोटी रहेका छन् । चिडिमारलाई गएको माघ १४ गते बाँके जिल्ला अदालतले लागु औषध मुद्दामा २ महिना ७ दिन कैद फैसला तोकेका थियो । तर उनी फरार थिए ।
उनलाई घरैबाट बिहीबार नै पक्राउ गरिएको हो । यस्तै रासकोटी बाल यौन दुराचार मुद्दामा गएको माघ २८ गते दोषी ठहर भएका थिए । उनलाई बाँके जिल्ला अदालतले ३ वर्ष कैद र ३ हजार जरिवाना तोकेको थियो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्