30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बालबालिकाको राम्रो हेरचाहा गर्ने संस्था नै मन्टेश्वरी भएको छ ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०७४  

बालबालिकाहरु विद्यालय जानु पुर्व दिइने पुर्व प्रथामिक शिक्षाले उनीहरुको चौतर्फी रुपमा शैक्षिक विकासमा सहयोग गरिरहेको हुन्छ । खासगरी विद्यालय जानु अघि दिइएको शिक्षा र संस्कारबाट नै उनीहरुको भविष्य समेत निर्धारण हुने गर्दछ । यिनै कुरालाई मध्यनजर गर्दै बाँके जिल्लामा पछिल्लो समयमा मन्टेश्वरी खुल्ने क्रम बढ्दो छ । कोहलपुर क्षेत्रमै पहिलो मन्टेश्वरीको रुपमा रहेको नोबेल प्रि मन्टेश्वरीकी प्रिन्सिपल लुना बुढाथोकी सँग मन्टेश्वरीकै विषयमा केन्द्रित रहेर मिसनकर्मी कविन्द्र परियारले गरेको कुरकानीको सम्पादित अंश ः

लुना बुढाथोकी

(नेपाल मन्टेश्वरी एशोसिएसन बाँके शाखाकी अध्यक्ष)

मिसन सम्वादमा यहाँ लाई स्वागत छ ।
१. यहाँलाई कोहलपुरमा पहिलो पटक मन्टेश्वरी संचालन गर्नुपर्छ भन्ने अवधारण कसरी आयो ?
⇒   यसको कहाँनी फरक छ । पहिले मैले मन्टेश्वरी नै संचालन गर्ने भनेको त होइन् । केही न केही गर्नुपर्छ भन्ने थियो मलाई । म त्यती बेला एउटा संस्थामा आवद्ध
थिए । एउटा यूवा अभियान नेपाल भन्ने संस्था थियो । उक्त संस्थाले यूवाहरुलाई करियर बनाउनका लागि इट्टा थप्ने काम गथ्र्यो । म त्यसमा लागेर काम गथ्र्ये र काम गर्दै गर्दा मैले एक दिन बाटोमा हिड्दै एउटा बच्चा हिलोमा खेल्दै गरेको देखेपछि त्यो बच्चालाई शनिबारको दिन हामीले कसरी होला सुरक्षित राख्ने भन्ने सोच्यौं । अहिलेका आमाबुवाहरु टेन्सनमा हुन्छन् । कसरी यो बच्चालाई व्यवस्थित गर्ने भनेर त्यो कुरालाई खेलाउदै खेलाउदै आएँ । त्यसपछि मैले साथीहरुसंग शनिबारको कक्षा संचालन ग¥यौ भने । शनिबारको कक्षा २ महिना सम्म चलायौं । त्यहाँ बच्चाहरु थामिनै नसक्नु संख्यामा आए । त्यसपछि शनिबारको कक्षाबाटै हामीलाई अभिभावकहरुले डेकेड चलाउने सुझाव दिनुभयो । हामीले ६ महिना सम्म डेकेड चलाइसकेपछि अभिभावकहरुले भन्नुभयो तपाईहरु मन्टेश्वरी स्कुल चलाउनुहोस् । त्यतिबेला कोहलपुरमा मन्टेश्वरी स्कुल नै थिएन । ६ महिना डेकेड संचालन गरेपछि मैले मन्टेश्वरी तालिम लिएँ । त्यसपछि मलाई मन्टेश्वरी भनेको यस्तो रहेछ र यसरी चलाउनु पर्ने रहेछ भन्ने थाहा भयो । त्यसपछि मैले वि.स. २०६७ मा मन्टेश्वरी खोले र वि.स. २०६८ मा दर्ता गरे ।
२. मन्टेश्वरी संचालन गर्न कत्तिको सहज छ ?
⇒  सहज र अप्ट्यारो दुबै छ, बच्चाहरुको अवस्था बुझेर काम गर्ने हो भने त्यो सहज छ किन भने बच्चाहरुनै गुरु बनिदिन्छ । बच्चाले हरेक कुरा नयाँ तरिकाले
सिकाउँछ । बच्चाको बातावरण र मनस्थिति नबुझेर काम गर्नेहो भने त्यौ सबै भन्दा असज हुन्छ ।
३. तपाईहरुले मन्टेश्वरीमा शिक्षण गर्दा कस्ता कस्ता विधिहरु प्रयोग गर्नहुन्छ ?
⇒  मन्टेश्वरीमा आफ्नै ८ वटा विधिहरु रहेका छन् । मन्टेश्वरी विधिमा नै व्यवहारिक शिक्षालाई जोड दिने भन्छ । क्रियात्मक शिक्षालाई जोड दिने भन्छ । पूर्ण स्वतन्त्रता दिने भन्छ । बच्चाहरुलाई शिक्षा दिँदा सबै भन्दा मुख्य कुरा इन्द्रिय शिक्षालाई जोड दिनु भन्छ । बच्चाहरुको पाँच वटा ज्ञानिन्द्रियहरुको पूर्ण प्रयोगबाट सिकाई हुने शिक्षालाई मन्टेश्वरी भन्निछ ।
४. पूर्व प्रथामिक विद्यालय तह र मन्टेश्वरीमा पढ्ने विद्यार्थीहरुमा खास के भिन्नता हुन्छ ?
⇒  विद्यालय तहको पूर्व प्राथामिक तहमा अध्यनरत विद्यार्थीहरुलाई प्रयोगको निम्ती पठाइएका सामानहरु सबै प्रयोग भएको अवस्था मैले भेटाएको छैन । हामी कहिले काही ती विद्यालयहरुमा अनुगमनमा जादाँ भएका सामानहरु प्रयोग भइरहेका हुदैनन भने कतिपय सामानहरु प्रयोग गर्न शिक्षकहरुले प्रयोग विधि नजानेको अवस्था भेटिन्छ । कलरहरु अन्य खेल्ने कुराहरु भएका भएपनि बच्चाहरुलाई सिकाउने भन्दा पनि त्यसै छोडिदिएको हुन्छ । बच्चाहरुले त्यसलाई प्रयोग नगरेर त्यसै बिग्रिरहेको हुन्छ । मन्टेश्वरीमा के हुन्छ भने अघि मैले भनेका विधिहरु मध्ये पाँच वटा ज्ञानिन्द्रियहरुको प्रयोग कसरी गर्ने भन्ने बारेमा तालिम दिएको हुन्छ । त्यो तालिम लिएर आएको शिक्षकहरुले त्यो विधिको प्रयोग गरेर सिकाउनु हुन्छ । विशेषः बच्चाहरुको आफ्नै व्यवहारमा लागु हुने गरी सिकाईछ । यस्तो विधिबाट सिकाएका बच्चाहरु पूर्व प्रथामिक तहमा अध्यन गर्न बच्चाहरु भन्दा निश्चत रुपले फरक भै हाल्छन् ।
५. यहाँ हरुले संचालन गरेका नोवेल मन्टेश्वरीमा शुरु शुरुमा सिकाईएका बच्चाहरुको स्तर र अहिलेका बच्चाहरुको स्तरलाई कसरी मूल्याङकन गर्नुभएको छ ?
⇒  पहिलेका बच्चाहरु हेरी अहिलेको अवस्थामा धेरै सहज छ । शुरु शुरुमा मन्टेश्वरी भनेको केहो भन्ने थाहा नहुने र अभिभावकहरुले दुई महिना राखेर बच्चा लिएर जाने पनि गर्नुहुन्थ्यो । शूरुमा अभिभावकहरुलाई पनि मन्टेश्वरीमा दुई तिन महिना बच्चा राखेर स्कुल जाने बानि पारेपछि स्कुल पठाउन सजिलो हुन्छ भन्ने सोचेर मन्टेश्वरीमा बच्चा ल्याउने गर्नुहुन्थ्यो । हामीले पनि मन्टेश्वरीको बारेमा अभिभावकहरुलाई बुझाउन सकेका थिएनौं । तर अहिलेका अभिभावकहरुले पनि कुरा बुझनुभएको छ । प्रि–प्राइमेरी लेभलहरुको पढाई मन्टेश्वरीमै गराउनु पर्छ भन्ने ज्ञान अभिभावकहरुले भइसकेको छ ।
६. यसको कारण के रहेछ ?
⇒  त्यसको कारण केहो भने, हामीले मन्टेश्वरीमा पढाएका बच्चाहरु विद्यालय स्तरमा जाँदा मन्टेश्वरीमा राम्रो स्तरको बच्चा विद्यालय तहमा जाँदा पनि राम्रो भएर देखिएका छन् । मन्टेश्वरीमा सिकाईएको कुरा र नर्सरी—केजी मा पढाई हुने पाठ्यक्रम उस्तै उस्तै भएका कारण पनि मन्टेश्वरीमा पढेर गएका बच्चाहरु नर्सरी—केजीमा टप भएर निस्कने हुँदा अभिभावकहरुले पहिले मन्टेश्वरीमा पढाउन रुची बढाएको देखिन्छ । मन्टेश्वरीमा बच्चाले पाउने अर्को वातावरण के हो भने उनीहरुले त्यहाँ घरको जस्तो वातावरण पाउछन् । मन्टेश्वरीमा सिकाइएका बच्चाहरु घरमा जाँदा पनि आफ्ना अभिभावकहरुले पनि केही भनेमा यो त मैले स्कुलमा म्याडम÷मिसलाई सोध्नु पर्छ भने, विदाको दिन पनि म स्कुल जान्छु स्कुल पढाई दिनु भन्ने गरेकाले बच्चाहरुको रहर मन्टेश्वरीले पूरा गरेर सिकाई गर्छ भन्ने देखाउँछ ।
७. कोहलपुर क्षेत्रमा मन्टेश्वरीको विकास के गर्नुपर्छ भन्ने लाग्छ?
⇒  विगतमा मलाई एक्लै भएको जस्तो महसुस हुन्थ्यो र अतिकति गाह्रो पनि थियो । जिल्लामै एउटा अभाव खडकी रहेको थियो । कोहलपुरमा मैले मन्टेश्वरी शूरु गरेको दूई वर्ष पछि मात्र अरुले शूरु गर्नुभएको थियो । दुई वर्ष सम्म मैले पनि नबुझेरै मन्टेश्वरी चलाएको थिएँ । मन्टेश्वरीको बारेमा बुझन थालेपछि एक्लै अप्ठ्यारो भए जस्तो लाग्न थाल्यो । अहिले बिस्तारै थुपै्र मन्टेश्वरीहरु खोले । अभिभावकहरुलाई बुझाउने माध्याम बन्यो । त्यससंग संगै अहिले हाम्रो नेपाल मन्टेश्वरी एशोसिएसन भन्ने छ केन्द्रमा । केही दिन अघि हामीले बाँके जिल्लामा पनि मेरै अध्यक्षतामा नेपाल मन्टेश्वरी यशोसिएसनको बाँके शाखा गठन गरेका छौं । यसले पनि अब बाँके जिल्लामा मन्टेश्वरीका आधारभूत कुराहरुलाई उठान गर्ने सहयोग पु¥याउने छ । हामीले पनि संगठित भएपछि बाँके जिल्लामा रहेका मन्टेश्वरीका स्तरलाई कसरी माथी उठाउन सकिन्छ भन्ने बारेमा योजना बनाएर लाग्ने छौं । मन्टेश्वरीमा रहेका समस्या, भौतिक पूर्वाधार, यसको स्तरलाई समेत अझै राम्रो स्तरमा लैजाने सोचाईमा योजना बनाएर लाग्नु पर्नेछ ।
८. मन्टेश्वरी चलाउँदै गर्दा यहाँहरुलाई कतै बाट केही सहयोग आएको छ ?
⇒  त्यस्तो सहयोग कही केही हुदैन, हाम्रो यो प्राइभेट संस्था हो । हामीले भए आफैले गर्नेहो अरुबाट त्यस्तो केही हुदैन ।
९. कोहलपुर क्षेत्रमा यहाँले मन्टेश्वरी पहिलो पटक संचालन गर्नुभयो कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
⇒  कोहलपुुरमा अहिले त थुप्रै मन्टेश्वरी खुलेका छन् । नोवेल मन्टेश्वरी भनेपछि अभिभावकहरुले अलि फरक ढङगले चिन्ने गरेको पाएकी छु । यो पुरानो भएर पनि होला । हाम्रो मन्टेश्वरीबाट पढेर गएको बच्चाहरुले यो ६ ÷७ वर्ष सम्म पनि बरु मैले नाम विर्सीसके तर बच्चाहरुले अहिले सम्म मेरो नाम सम्झिरहेको भेटाएकी छु । हाम्रो एक एक गरेर म्याडमहरुको नाम बच्चाहरुले भन्न सक्छन् । बाहिरबाट आउने अभिभावकहरुले पनि म्याडम यो त यहाँको पुरानो मन्टेश्वरी रहेछ भन्ने गर्नुहुन्छ । त्यसैले कोहलपुरमा नोवेल मन्टेश्वरी र अरु मन्टेश्वरीलाई हेर्ने दृष्टिकोण फरक देखिएको छ । धन्यवाद

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     5:28:17 PM  |