बाँसगढी सामुदायिक पुस्तकालयको अध्यक्षमा रेग्मी



बाँसगढी ।

बाँसगढी सामुदायिक पुस्तकालयको नयाँ नेतृत्वमा गोविन्द रेग्मी चयन भएका छन् । मंगलवार बाँसगढीमा भएको पुस्तकालयको पाँचौं साधारण सभा तथा अधिवेशनबाट रेग्मीको अध्यक्षतामा नयाँ कमिटी निर्विरोध चयन भएको हो ।

कार्यसमितीको उपाध्यक्षमा बलराम भुजेल, सचिवमा प्रेमराज शर्मा, सह–सचिव नर बहादुर डाँगी र कोषाध्यक्षमा भूमी विक निर्विरोध चयन भएका थिए ।

सदस्यहरुमा अम्बिका ढकाल, विना पौडेल, नैनबहादुर खत्री, कृष्ण चौलागाई, देवीलाल तिमिल्सेना, दहवा थारु, सिता पौडेल, भगवती शर्मा, फडिन्द्र ढुंगाना र किशोर रिजाल रहेका छन् ।

साधारण सभाले तीन सदस्सीय लेखा समिति समेत चयन गरेको थियो । जसको संयोजकमा रामचन्द्र लामिछाने र सदस्यहरुमा निता रेग्मी, सन्जु कुमार ओली रहेको नवनिर्वाचित अध्यक्ष गोविन्द रेग्मीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार