25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरमा धानबालीमा भएको क्षतिको विवरण संकलन सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ६, २०७८  

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाले गत आइतबारदेखि लगातार तीनदिनसम्म परेका परेका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । लगतारको वर्षाका कारण कोहलपुरमा समेत धानबालीमा अनुमानित २० प्रतिशत काटिसकेको धानमा क्षति पुगेको अनुमान छ ।

क्षतिको एकिन विवरण संकलन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका अन्तर्गत नगर कृषि शाखाले नगरपालिकाका १५ वटै वडामा प्राविधिक र कर्मचारी खटाएको छ । नगर कृषि शाखा प्रमुख चन्द्रबहादुर बुढालाई क्षति तथा नोक्सानीको विवरण संकलनमा सहयोग गर्नको लागि सम्पूर्ण वडालाई जानकारी गराइसकिएको छ ।

उनले शाखाबाट खटिएका प्राविधिक तथा कर्मचारीहरुलाई किसानको खेतबारी मै विवरण संकलनको लागि सहयोग गर्न सम्बन्धित वडाका जनप्रतिनिधि तथा कर्मचारी र पीडितहरुलाई आग्रह गरिएको जानकारी दिए ।

धानबालीमा पुगेको क्षतिकार विवरण संकलन गर्नका लागि नगर कृषि शाखा प्रमुख सहित चार जना कर्मचारी खटिएका छन् । विवरण संकलनका लागि खटिएका कर्मचारीहरुको जिम्मेवारी अनुसार शाखा प्रमुख बुढा वडा नम्बर १,२,३,७ र १३ खटिएका छन् । यस्तै वडा नम्बर ६,१४ र १५ मा छत्र बहादुर खत्री, ४,५ र ९ मा कल्पना नेपाली र ८,१०,११ र १२ मा मनकुमारी राईलाई खटाइएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ६, २०७८     9:17:26 AM  |