‘बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछ’



तिलक गाउँले, बर्दिया ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । बाढी प्रभावित क्षेत्र बर्दियाको राजापुर निरिक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफुहरु काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए ।
कर्णाली नदीको भंगालोमा आएको बाढीका कारण राजापुर क्षेत्रको हजारौ बिघा जमिनमा लगाइएको धानवाली नष्ट भएकोको प्रति आफूपनि दुःखी भएको बताउँदै देउवाले बाढीबाट प्रभावित किसानहरुलाई राहत प्याकेज उपलब्ध गराउन सरकारले पहल गर्ने बताए । ‘बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पु¥याएको छ,’उनले भने,‘यो वर्षाले धानबालीमा ठुलो क्षति पुगेको छ ।‘

corona kahar
बर्दियाको धानले नेपालको भोकमरी धान्नका लागि ठुलो भूमिका खेलेको उनले उल्लेख गरेका थिए ।प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरो, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको समेत जनाए । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने क्रममा कर्णाली प्रदेश राजधानी सुर्खेत, सुदूरपश्चिमका विभिन्न जिल्ला हुँदै शुक्रबार बर्दिया पुगेका देउवाले स्थलगत निरिक्षणको क्रममा भेटिएका समस्या सम्बोधन गर्नको लागि काठमाडौँ फर्केपछि पुनःछलफल गरिने प्रतिबद्धता जनाए ।
फरक प्रसंगमा नेपाली कांगे्रसका सभापति समेत रहेका उनले नेपालमा अझै कोरोनाको त्रास कायमै रहेकोले अझै सजक हुनुपर्ने बताएका छन् । कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य संगठनले धन्यवाद दिएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री देउवासँगै बर्दिया पुगेका अर्थमन्त्री जनार्दन शर्माले बेमौषममा आएको बिपत्तिले देशको अर्थतन्त्रलाई ठुलो क्षति पु¥याएको बताउँदै आगामी दिनमा निम्तिन सक्ने भोकमरीको ब्यवस्थापन, बिस्थापितहरुलाई स्थापित, मृतक परिवारलाई राहत लगाएतका योजनाहरु बनाउनका लागि प्रधानमन्त्रीको नेतृत्वमा निरिक्षणमा आएको बताए । उनले देशका सबै क्षेत्रको अवस्था अनुगमन गरेपछि ठोस योजना ल्याइने बताए ।
टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगाएत छन्। टोली आजै काठमाण्डौ फर्किएको छ ।
फोटो क्याप्सन ः बर्दियाको राजपुरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा ।

प्रकाशित मिति : २०७८ कात्तिक ६ गते शनिबार