26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

खेलकुद मन्त्री अथकद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडी टोली बिदाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ६, २०७८  

काठमाडौं । आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराज अथकले बिदाई गरेका छन।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमामा आयोजित बिदाई कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जितको शुभकामना दिदै बिदाई गरेका हुन् ।

खेलकुद मन्त्री अथकले राष्ट्रिय खेलकुद परिषद मातहत करिव दुई सयको हाराहारीमा खेलकुद संघहरु रहेपनि नयाँ खेलाडीहरु ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नो भविष्य देख्ने वातावरण नबन्नुमा दुस्ख लागेको बताए ।

खेलाडीहरु राष्ट्रको पहिचान हो, गहना हो भन्ने र खेल पश्चात् अर्को व्यवहार गर्ने कार्य भएकोले यसलाई रोक्दै खेलभित्रै खेलाडीको भविष्य सुनिश्चित गर्न लागिपर्ने बताए । खेलाडीहरुलाई ढुक्क भएर खेल खेल्न र विजयी बन्न शुभकामना दिदै तपाईहरुको भबिश्य उज्यालो बनाउन आवश्यक नयाँ कार्यक्रम ल्याउनेमा ढुक्क र विश्वस्त हुन अनुरोध समेत गरे ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ ९आईबा० को ७५ वर्षको वार्षिक उत्सबको अबसरमा सर्वियाको राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म संचालन हुने २१ औँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको नेतृत्व सहित मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी र प्रनिर अधिकारी सहभागी हुनेछन् । बक्सिङ्ग टोली आज राती १०ः३० बजे फलाई दुवई एरलाईसबाट प्रस्थान गर्ने प्रवक्ता श्यामकाजी अवालेले प्रेस बक्तव्य मार्फत जानकारी गराए  ।

नेपाल बक्सिङ्ग संघले गठन गरेको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के।जी। तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३।५ के।जी। तौल समुहमा भुपेन्द्र थापा र ६७ के।जी। तौल समुहमा सनिल साहीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सहभागी मध्ये भुपेन्द्र थापा र सनिल साही १३ औ दक्षिण एशियाली प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।

विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको उक्त बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजत पदकको लागी पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागी पच्चीस ( पच्चिस हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।

खेलाडी बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव, राखेप सदस्य एकेन्द्र कुबर, नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला, सदस्यहरु ओलम्पियन राम बहादुर गिरी, श्यामकाजी अवाले, प्रनिल अधिकारी, मुख्य प्रशिक्षक प्रकाश थापामगर, टेक्निकल कमिटीका संयोजक तथा आईबा थ्री स्टारकोच दीपक महर्जन, ओलम्पियन तथा बरिस्ठ बक्सिङ प्रशिक्षक प्रबिन तुलाधर, आईबा वन स्टार रेफ्री रामचन्द्र थापामगर, आईबा वन स्टार रेफ्री तथा अखिल नेपाल खेलकुद महासंघका सचिव धनकुमार मैनाली, लगाएत खेल सम्बन्धि ब्यक्तिहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

सहभागी टोलीलाई नेपाल बक्सिङ्ग संघ उपाध्यक्ष भोजराज सिटौलाले एक जोर ट्रकसुट, ८ औँ साग स्वर्ण पदक बिजेता रामचन्द्र थापानगरले भेष्ट र होसन्ना चिन्नी भट्टा उद्योगले खेलाडीहरुको रिङ्ग ड्रेस दुई(दुई सेट प्रायोजन समेत गरेको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ६, २०७८     9:05:54 AM  |