लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने बताएका छन् । परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भन्दै खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
बाँकेको नेपालगन्जमा बिहीबार नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्विनी प्रदेश कमिटीले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा उक्त कुरा बताए ।
मन्त्री हमालले अहिलेको समयमा परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने भएकाले नयाँ तरिका तथा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए । ‘शारीरिक बनोट र पारिवारिक बंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिढीँलाई प्रेरित गर्नुपर्दछ’ उनले भने, ‘पछिल्लो समय खेलकुद क्षेत्रमा नयाँ पुस्ताको खास्सै आकर्षण देखिदैन ।’
सोही अवसरमा प्रदेशका मन्त्री हमालले बेमौसमी वर्षाले किसानको धानबालीमा पु¥याएको क्षतीको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने जानकारी दिए । आफूले मुख्यमन्त्रीसँग कुरा गरेको बताउँदै उनले पीडा खेपिरहेका किसानलाई राहत दिन प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गरेका थिए ।
मन्त्री हमाललाई स्वागत तथा बधाई ज्ञापनका साथै विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्विनी प्रदेश कमिटीका संयोजक नरेन्द्र थापाले जानकारी दिए । कार्यक्रममा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्