20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोरोना कहरः झण्डै दुई लाख स्वास्थ्यकर्मीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७८  

एजेन्सी ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।

विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए ।

विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरण अनुसार विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको गेहब्रेयसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७८     8:28:45 AM  |