नेपालगन्जको पुस्पलाल चोकमा भैसीलाई ठक्कर दिदाँ भारतीय कार दुर्घटना



नेपालगन्ज

बाँके नेपालगन्जको पुस्पलाल चोकमा भारतीय नम्बरको कार र भैंसी एक आपसमा ठोकिएर दुर्घटना भएको छ।

बुधबार साँझ ८ बजे तिर कोहलपुरबाट आईरहेको यूपी ७८ एवाई ६३२० नम्बर पिलेट रहेको भारतीय कारले भैंसीलाई ठक्कर दिदाँ भैंसी घाइते भएको छ भने गाडी सवार ४ जना मध्ये २ फरार र २ जनालाई सामान्य चोटपटक लागेको छ ।

राजेशका अनुसार भारतीय गाडी स्पिड रहेको र सडकमा रहेको भैंसी नदेखिएको कारण दुर्घटना भएको बताए ।

भैंसी र भैसीको सानो बच्चा सहित भैंसी घर लादै गर्दा कोहलपुरबाट आएको कार धेरै स्पिड भएका कारण भैंसीमा ठोकिँदै दुर्घटना भएको थियो । भैंसी र मानिसलाई सामान्य चोटपटक लागेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार