बाँकेमा राप्ती नदीको सतह खतरा नजिक, जोखिममा तल्लो तटीय क्षेत्र



कोहलपुर ।

राप्ती नदीमा पानीको सतह खतरा नजिक पुगेको छ ।  बिहान १० बजेसम्म राप्ती नदीको कुसुममा पानीको सतह ५ मिटर पुगेको थियो ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे सतर्कता सतह मानिन्छ ।

५ दशमलव ४० मिटर पुगेमा खतरा मानिन्छ । नदीमा पानीको सतह बढ्दै गएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन केन्द्र, बाँकेले अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार