दाङमा खोलाले जीप बगाएको छ । पाँच जना यात्रु सवार जीप गएराति गढवा गाउँपालिका-२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राति करिब ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
जीपमा सवार पाँच जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् ।
‘मानवीय क्षति भएको छैन । गाडीमा भने क्षति पुगेको छ’ एसपी काफ्ले भने, ‘खोलामा बगेको गाडी निकाल्ने प्रयास भैरहेको छ । यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीको विचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको वस दुर्घटनामा परेको छ ।
बस चिप्लिएर सडक किनारामा पल्टिएको छ । तर, मानवीय क्षति भएको छैन । बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा दुर्घटनामा परेको हो ।










प्रतिक्रिया दिनुहोस्