नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।
उनको मंगलबार अपरान्ह ५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा सोमबार पिसिआर परिक्षण गराउँदा कोरोना पुष्टी भएपछि सोही दिन भेरी अस्पतालमा उनी भर्ना भएका थिए ।
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्