कोहलपुर ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
प्रदेश नम्बर १ का थोरै स्थानमा भने भारी वर्षासमेत भइरहेको बुलेटिनमा उल्लेख छ।
बुलेटिअनुसार आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।
यस क्रममा प्रदेश नम्बर १, २, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाे बुलेटिनमा जनाइएकाे छ।
मौसम पूर्वानमान महाशाखाले होसियारी अपनाउन आग्रह गर्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।
प्रदेश १, २, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।









प्रतिक्रिया दिनुहोस्