बर्दिया ।
कर्णाली नदीको बाढी बर्दियाका विभिन्न गाउँमा पस्दा जनजिवन प्रभावित भएको छ । अहिलेसम्म मानवीय क्षती नभएपनि भौतिक क्षती भने ठूलो भइसकेको छ । विभिन्न गाउँहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उद्धारको लागि डुवान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भइसकेका छन् । मानिसहरु अझै ठूलो बाढी आउनसक्ने भन्दै त्रासमा रहेका छन् ।
पत्रकार लक्ष्मण ढुंगाना सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘सिंगो कर्णाली नदी घर अगाडी बगीरहेको छ । न त नदीको पानी घटीरहेको छ न आकास वर्षिन छोडेको छ । हे दैव अब त पानी घटनु पर्ने ।’ कर्णाली नदीले जिल्लाको पश्चिमी क्षेत्रमा वितण्डा मच्चाइरहेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्