आफ्ना नागरिकका लागि अस्ट्रेलियाले जारी गर्‍यो ‘भ्याक्सिन पासपोर्ट’



एजेन्सी ।

अस्ट्रेलियन सरकारले विदेश जाने आफ्ना नागरिकका लागि ‘भ्याक्सिन पासपोर्ट’ जारी गरेको छ।

सरकारले आगामी नोभेम्बर महिनाको सुरूदेखि दुबै खोप लगाएका नागरिक र पिआर होल्डरले विदेश यात्रा गर्न पाउने घोषणा गरेसँगै भ्याक्सिन पासपोर्ट जारी गरेको हो।

खोप लगाइसकेकाले विदेश यात्रामा अनिवार्य भ्याक्सिन पासपोर्ट बोक्नुपर्ने हुन्छ। क्युआर कोडसहित रहने यस खोप प्रमाणपत्रमा बाहकको पासपोर्टको विवरण सामेल हुनेछ।

अन्तर्राष्ट्रिय रूपमै स्क्यान गर्न सकिने यस्तो क्युआर कोड सहितको प्रमाणपत्र र पासपोर्ट जोडिएपछि विश्वभरि जहाँ गए पनि यसलाई प्रमाणित गर्न सकिने व्यवस्था समेत गरिएको छ।

भ्याक्सिन प्रमाणपत्रमा पासपोर्ट बाहकको नाम, जन्म मिति, पासपोर्ट नम्बर र खोप लगाएको मिति समावेश हुनेछ। जुन कोडलाई संसारभरlका अधिकांश देशको सLमा सुरक्षाकर्मीले स्क्यान गरेर विवरण प्रमाणित गर्न सक्नेछन्।

कोरोनाका कारण लगभग दुई वर्षदेखि बन्द अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना खुला गर्न यस्ता भ्याक्सिन पासपोर्ट निकै उपयोगी सावित हुने बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार