चीनले थप २० लाख डोज कोरोना खोप दिने



चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरूद्धको खोप दिने प्रतिवद्धता जनाएको छ।

आज परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएका हुन्।

उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार