29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८  

काठमाडौं ।

एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टाेली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् । त्यसअघि नेपालले अक्टाेबर २२ शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनाेटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपाली टाेलीमा साफ च्याम्पियनसिपकाे उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।

नेपाली टिम

गाेलकिपर : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल

डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु

मिडफिल्डर : नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट

फरवार्ड : ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ

प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८     9:37:23 AM  |