काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दुस्ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड(१९ सँग सम्बन्धित जटिलताका कारण सोमबार राति निधन भएको थियो ।
पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।
उनको निधनप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सन् २००२ मा नेपालमा उनीसँगको भेटसमेत सम्झिएका छन् ।
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्