१९ वर्षपछि भारतीय बाबा रामरहिमलाई जन्मकैदको सजाय



पन्चकुल : भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय सुनाएको छ । रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ र अन्यलाई प्रतिव्यक्ति ५० हजार ९भारु० जरिवाना सुनाएको छ । यसअघि बलात्कारको सजायसमेत भोगका गुरमित राम रहिम सिंहलाई अदालतले हत्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

आफूलाई गडफादर भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रंजित सिंहको हत्या गर्ने षड्यन्त्र रचेका थिए । भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँसीको सजाय दिन माग गरेको थियो ।

यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको भारतीय मिडियामा खबर छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार