वनमन्त्री हमालले गरे कोहलपुरको ‘मरिमाता’ मन्दिरमा पुजाअर्चना



कोहलपुर ।

लुम्विनी प्रदेशका नवनियुक्त वन तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पुजा अर्चना गरेका छन्।

-७ लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पुजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन्।

त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा आइरहने बताए।

पुजामा बाँकेका पूर्व सभापति रणेन्द्रबहादुर हमाल (भाईराजा)की श्रीमति उत्तम हमाल सहित मन्त्री हमालको परिवारक पुजामा कांग्रेस बाँकेका कार्यकर्ताहरू पनि सहभागी थिए।

ओलम्पियन खेलाडी समेत रहेका हमाल मन्त्री भएपछी सोमबार पहिलो पटक गृह नगर आएका हुन्।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार