नेपालगन्जमा मापसे गरेर चलाएको स्कारपियोले किच्दा: एकको मृत्यु, एक गम्भीर घाइते



नेपालगन्ज ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको गाडीले ठक्कर दिँदा नेपालगन्जमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मेडिकल कलेजको बा १४ च १३८७ नम्वरको स्कारपियोको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका–१७ का ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

ठक्करबाट सोही स्थानका ठक्करबाट साइकल चालक सोही स्थानका २५ वर्षीय सलमान इद्रिसी घाइते भएका छन् । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उक्त स्कारपियो वीपीचोकदेखि भन्सारतर्फ गइरहेको थियो । गणेशमान चोकमा पुग्दा साइकल यात्रीलाई ठक्कर दिएको थियो । घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार