भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमा पाँच जना बालबालिका पनि छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
भारी वर्षाका कारण आएको बाढीले गाउँ र सहर छिन्नभिन्न पारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्