खुल्यो सुनचाँदी बजार, बढ्यो दुवैको भाउ



दसैंका कारण गत असोज २५ गतेदेखि बन्द आज (सोमबार) देखि सुनचाँदी बजार खुलेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ दररेटअनुसार आजदेखि सुनचाँदी बजार खुलेको हो।

गत असोज २५ गतेको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोलामा ७ सय रुपैयाँ बढेको हो।

असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँ पुगेको हो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।

असोज २५ गते प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएकाको चाँदीको भाउ आज १ हजार २ सय २५ रुपैयाँ पुगेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १ गते सोमबार